आदर्श कपमा तीन विभागीय क्लबको निश्चितता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २२ गते २०८१ मा प्रकाशित


पोखरा-आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने २५ औं आदर्श कप फुटबल प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता निश्चित भएको छ । क्लबका अध्यक्ष पदम गुरुङका अनुसार तीन विभागीय टोलीको मात्रै निश्चित भएको हो । तनहुँ, स्याङजा र कास्कीको टोलीको तय भईसकेको छैन् ।

प्रतियोगितामा ८ टोलीलाई समावेश गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गरिने छ ।

विधागत रुपमा सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई नगद जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ । खेलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । अनुशासित टोलीलाई समेत ट्रफी प्रदान गरिने छ ।