
नेपालगन्ज-विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ ।
विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ आैं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे ।
भियतनामकाे हनाेइमा जारी २४आैं वर्ल्ड कंग्रेसका दाैरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसाैं वर्ल्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो । ‘दस मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लाेभ्यायाे ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने-‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदाे रहेछ, त्यसमा हामी चुक्याैं ।
नर्वेले आसन्न कंग्रेस आयोजनाकाे अवसर पाएपनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले अनुभुती सुनाए ।
‘नेपाललाई विश्वमञ्चमा नाेटिस गराउन सफल भइयाे, यसमा खुशी लागेको छ ।’ ठकुरीले भने-‘प्रयास गर्नेले नै जित्ने हाे, हामीले एक कदम अगाडि बढेका छाैं, सबैको मायाले याे उर्जा मिलेकाे हाे, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु । संसारमै लाेकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हाे ।
एम्समा आवद्ध हरेक देशका म्याराथन आयाेजकहरु यतिबेला हनाेइमा जम्मा भएका छन् । चार दिने कंग्रेसमा नेपालबाट यसपटक नेपालगन्ज म्याराथन र पाेखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण यही मंसिर २२ गते शनिबार हुँदैछ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…