
काठमाडौं- क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाण्डौमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भए संगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको छ । क्वाटरफाइनलमा खनाल र गौचनको जोडीको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडी संग हुने भएको छ । थाईल्याण्डले खेलबाट आफ्नो नाम फिर्ता लिए पश्चात प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेका थिए ।
आज सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८–२१, २४–२२ र २४–२२ को कठिन जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको आज भएको अन्य खेलमा नेपाली खेलडीहरुले निरासाजनक प्रदर्शन गरे । मिक्स युगल तर्फकै अन्य खेलमा देव राना र शेष्ना सिर्पालीको जोडी थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग–अन र कोडचापोर्न चाईछानाको जोडीसंग २१–९, २१–१४, भोजबहादुर गुरुङ्ग र अन्जना राईको जोडी युएसएका प्याट्रिक ची र नाताली चीको जोडी संग २१–११, २१–८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडी संग २१–१०, २१–१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाईल्याण्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडी संग २१–८, २१–६ ले पराजित भए ।
योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजनामा भएको च्यालेन्जको पुरुष युगल तर्फ नेपालको आशालाग्दा खेलाडी तथा ओलम्पियन प्रिन्स दाहाल र श्रीलंकन दुमिन्दु अवेविक्रमेको जोडीले पनि नेपालको लागि खुसी दिलाउन सकेनन् । उक्त जोडी पहिलो सेटमा २१–१७ ले पराजित भए पश्चात दोश्रो सेटमा २३–२१ ले आफ्नो पक्षमा पार्न सफल भई केहि आशा दिलाएता पनि तेश्रो तथा अन्तिम सेट २१–१५ ले गुमाउँदै पराजित हुन पुगे । यस्तै पुरुष युगल तर्फको अन्य खेलमा क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकोर र ध्रुव थाकोरको जोडी संग २१–७, २१–१०, भोजबहादुर गुरुङ्ग र प्रफुल महर्जनको जोडी भारतकै विप्लभ कुभाले र विराज कुभालेको जोडी संग २१–१३, २१–१६ र सुनिल जोशी र अमन महर्जनको जोडी थाईल्याण्डका नारुत सेङ्गखाम र अपिचासित थिराविवत संग २१–८ र २१–१० ले पराजित भए ।
महिला युगल तर्फको खेलमा नेपालकी नम्बर एक खेलाडी रसिला महर्जन र अमिता गिरीको जोडी श्रीलंकाका हसिनी अबलङ्गगोदागे र हसरा विजयरत्नेको जोडी संग २१–११, २१–१७ र शोभा गौचन र शेष्ना सिरपालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडी संग २१–१८, २१–१४ ले पराजित भए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…