
(प्रदेश खेलकुद परिषद लोगो)
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरियो । गण्डकी प्रदेशको राजधानीमा आयोजित प्रतियोगितामा इतिहास लेखियो । तीन विभागीय क्लबपछि सात प्रदेशमा गण्डकी प्रदेश च्याम्पियन बन्यो अर्थात चौथो स्थानमा रह्यो । जसको जस प्रदेश खेलकुद परिषद गण्डकीले लियो ।
राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षक पोखरामा नगण्य छन् । अधिकांश खेललाई स्वयंसेवक प्रशिक्षकले प्रशिक्षण दिदैं धानेका छन् । सितेरियो कराँते, शारीरिक सुगठन र तेक्वान्दो बाहेक पोखरामा प्रशिक्षण गराउने अन्य प्रशिक्षक छैनन् । परिषदबाट नियुक्त भएका प्रशिक्षक नहुदाँ खेलकुदलाई स्वयंसेवक प्रशिक्षकले धान्नुपर्ने बाध्यता छ ।
आगामी चैत २३ गतेदेखि २९ सम्म कर्णालीको सुर्खेत(बीरेन्द्रनगर नगरपालिका)मा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैै छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि प्रदेश खेलकुद परिषद गण्डकीले आन्तरिक तयारीमा जुट्दै स्वयंसेवक प्रशिक्षकलाई सूचीकृत गर्न आग्रह गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गरिमा र शाखलाई जोगाउने चुनौति गण्डकी प्रदेशलाई छ ।
चुनौतिकै बीचमा प्रदेश खेलकुद परिषदले स्वयंसेवक प्रशिक्षकलाई सूचीकृत हुन आग्रह गरेको छ । सुचीकृत भएका प्रशिक्षकलाई प्रदेश खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि प्रशिक्षणको जिम्मेवारी दिने योजना बनाएको छ । ‘सूचीकृत स्वयंसेवक प्रशिक्षकलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रशिक्षकमा नियुक्त गर्ने आन्तरिक तयारी गरिएको छ ।’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने—‘स्वयं सेवक प्रशिक्षक पहिला परिषदमा सूचीकृत हुन जरुरी छ । सूचीकृत भएपछि मात्रै परिषदले योग्यता, दक्षता र क्षमताको आधारमा प्रशिक्षकमा नियुक्त गर्ने छ ।’
प्रशिक्षक नियुक्त गर्ने परिषदले अन्तरवार्ता समेत लिने उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेल मध्ये ३२ वटा खेलको लागि स्वयंसेवक प्रशिक्षक सूचीकृत हुन आग्रह गरेको परिषदले जनाएको छ । टिम इभेण्ट बाहेक अन्य खेललाई एक जना प्रशिक्षक नियुक्त गर्ने जनाएको छ । झण्डै ५० जना प्रशिक्षक नियुक्त गर्ने तयारी परिषदको छ ।
फुटबल, ह्याण्डबल, भलिबल लगायतका खेलमा दुई जना प्रशिक्षक(महिला तथा पुरुष) नियुक्त गर्ने जनाएको छ । अन्य खेलमा एक जना प्रशिक्षक नियुक्त गर्ने परिषदले जनाएको छ । नियुक्त भएका प्रशिक्षकले न्युनतम १६ देखि २२ हजार रुपैयाँ पारिश्रमिक पाउने परिषदका सदस्य सचिव शर्माले जानकारी दिए । उनका अनुसार प्रशिक्षकको योग्यता अनुसार पारिश्रमिक तय हुने उनको भनाई थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…