
पोखरा-आगामी फागुनको पहिलो साता पोखरा रंगशालामा क्लबस्तरीय संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करण आयोजना हुदैं छ । संगम क्लबले आफनो पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ ।
क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२ क्लबले सहभागिता जनाउने पाउने प्रावधान रहेको उल्लेख गर्दै क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले राष्ट्रियस्तरका खेलाडी अनुबन्धन गरी समावेश गर्न सक्ने जनाए । सहभागि क्लबले ए डिभिजनसहित राष्ट्रियस्तरका कुनैपनि खेलाडीलाई अनुबन्धन गर्न पाउने जनाउँदै विदेशी खेलाडीलाई भने समावेश गर्न नपाउने प्रावधान रहेको जनाएको छ ।
प्रतियोगितामा विजेताले २ लाख रुपैयाँ नगद प्राप्त गर्दा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।