
पोखरा-२४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड फुटबलका खासै प्रतियोगिता हुन नसकेको अवस्थामा आहारारालाई भव्य रुपमा सफल पार्ने बताए ।
सहारा क्लबका पूर्व अध्यक्ष एवं प्रतियोगिताको संघसंस्था समन्वय समिति संयोजक वीरभद्र आचार्यले सबै जनाको उत्साहपूर्ण उपस्थितिले अन्तरक्र्रिया निकै फलदायी भएको बताए । उनले भने, ‘उहाँहरु सबै जनाले यो प्रतियोगितालाई आफ्नै प्रतियोगिता ठानी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । हामीलाई लाग्छ, प्रतियोगिता आधा सफल भइसकेको छ ।’’
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लब सचिव एवं संघसंस्था समन्वय समिति सचिव टंकप्रसाद अधिकारीले संचालन र धन्यवाद ज्ञापन वीरभद्र आचार्यले गरेका थिए । कार्यक्रममा एन्फा कास्कीका संस्थापक अध्यक्ष एवं क्लबका मानार्थ सदस्य महेश गुरुङ, विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, सहाराका पूर्व अध्यक्ष, सल्लाहकार तथा सदस्यहरुको सहभागिता थियो ।
क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आहारारा पोखरा गोल्डकप आयोजना गर्दैछ । प्रतियोगिताबाट बचत रकम सहाराले दोबिल्लामा संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडमीमा खर्चिंदै आएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…