
पोखरा–यही माघको २२ गतेदेखि पोखरा रंगशालामा आहा राराको २४ औं संस्करणको फुटबल प्रतियोगिता शुरु हुदैं छ । सहारा क्लबले आयोजना गर्ने मोफसलकै यो प्रतिष्ठित फुटबल प्रतियोगितालाई सहयोग गर्ने सहयोगी मन भने बढ्दै गएका छन् । केही दिन अघि मात्रै सहप्रायोजकसँग सम्झौता गरेको क्लबलाई ८८४८ इन्टरटेनमेन्ट इभेन्ट म्यानेज्मेन्टले आर्थिक सहयोग गरेको छ ।
इभेण्ट म्यानेजमेन्टका संचालक गिनिज गुरुङले ५० हजार रुपैयाँ क्लबलाई सहयोग गरे । क्लबका शुभचिन्तक उनले प्रतियोगिताको पूर्ण सफलताको कामनासहित सहयोग गरेको उक्त रकम प्रतिनिधिको रुपमा ओम लामा, उत्सव श्रेष्ठ र उज्ज्वल श्रेष्ठले क्लबका वरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे ।
रकम ग्रहण गर्दै वरिष्ठ उपाध्यक्ष गुरुङले आभार व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामनासहित आगामी दिनहरुमा यसप्रकारको सहयोग निरन्तरताको आग्रह गरे । सो अवसरमा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, महासचिव रामजीप्रसाद अधिकारी, सहकोषाध्यक्ष अशोक लालचन, कार्यसमिति सदस्य अमर राजभण्डारीको उपस्थिति थियो । यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद यु ट्यूव च्यानलबाट हुनेछ । त्यसवापत हाम्रो खेलकुदले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनिल गुरुङले जनाए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । प्रतियोगिताबाट संकलित रकम क्लबले एकेडेमीमा खर्चिदै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…