
पोखरा- खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनबाट मानबहादुर घर्ती को अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। बिहीबार भएको अधिवेशनमा घर्तीले ३६ मत पाउदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सुरज श्रेष्ठले २७ मत प्राप्त गरे।
लामो समयसम्म सर्वसम्मत गर्ने प्रयास भएको थियो। तर प्रयास असफल भएपछि निर्वाचन गरिएको थियो। उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्मत चयन भए। महिला उपाध्यक्षमा उमा आले ३६ मतसहित बिजयी भइन्। त्यस्तै महासचिवमा परशुराम शर्मा ३८ मत सहित बिजयी भए। उनका प्रतिद्वन्द्वी लक्ष्मी पल्पसा २५ मत पाइन्।
कोषाध्यक्षमा बिमल तिवारी, सचिवमा राजु गिरी निर्वाचित भए। सदस्यहरूमा गिता रानामगर, कृष्ण दवाडी, चेतबहादुर थापा, वसन्त शेर्पा, रिखिराम जिसि,बिजय नेपाली र बालकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएका हुन। कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।



पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…