
पोखरा-आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट फुटबल टोली नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको ब्रिगेड ब्याइज फुटबल क्लब, युकेको टोलीलाई सहारा क्लब पोखराका संस्थापक कार्यसमिति सदस्य शान्ति केसी लगायतले स्वागत गरे । उक्त टिम म्यानेजरमा सुरेश राना तथा सहायक प्रशिक्षकमा रोशन राई छन् ।
सहारा क्लब पोखराले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा भाग लिने १२ टिममध्ये हालसम्म ११ टिमको टुंगो लागिसकेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, संकटा, नेपाल पुलिस, एपिएफ, थन्डर नर्थ युनाइटेड क्लब भारत, आयोजक सहारा क्ललबे समेत भाग लिने छन् ।
प्रतियोगिताको मुख्यप्रायोजक सधैँ झैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ । हाम्रो खेलकुद युट्यब च्यानलले प्रत्यक्ष प्रसारण गर्ने प्रतियोगिताको उपप्रायोजकमा पोखरा मनपा वडा ९ कार्यालय, सहउपप्रायोजक चरक मेमोरियल हस्पिटल, पोखरा हो । यस्तै, विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको महासचिव रामजीप्रसाद अधिकारीले बताए । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् । उनीहरुले क्रमशः १२ लाख र ६ लाख प्राप्त गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…