आहा रारामा उज्वेकिस्तानको ब्ल्याक बुल्स टोली

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १६ गते २०८१ मा प्रकाशित


पोखरा-आगामी मंगलबारदेखि पोखरा रंगशालामा शुरु हुने २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानबाट फुटबल टिम उपस्थिति हुदैै छ । ११ वटा क्लबको नाम सार्वजनिक गरिसकेको आयोजक सहारा क्लबले १२ औं क्लबको रुपमा उज्वेकिस्तानको टोली आहा रारा गोल्डकपमा सहभागिता जनाउने तय भएको हो । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं संस्करणको फुटबल प्रतिस्पर्धा गर्ने छ ।

आयोजक सहारा क्लबसहित तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, अपी पावर चर्च ब्वाईज, संकटा, मछिन्द्र, थ्रीस्टार, एनआरटी, भारतको थण्डरबोल्ट नर्थ युनाईटेड र युकेको ब्रिगेड ब्वाईज क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन र जयश्री फुड्सको सह प्रायोजन रहेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ठ खेलाडीसहित अन्य विभिन्न पाँच विधाका विजेतालाई पुरस्कृत गरिने आयोजक सहारा क्लबले जनाएको छ ।