
पोखरा-आयोजक सहारा क्लबले विभागीय क्लब नेपाल पुलिससँग उदघाटन खेल्दै २४ औं आहा रारा पोखरा गोल्डकपको शुरुवात गर्ने छ । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल पुलिस क्लबले आयोजक सहारासँग खेल्ने छ ।
प्रतियोगिता आगामी मंगलबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा शुरु हुने छ । आयोजक सहारा र नेपाल पुलिस क्लब दुवैले जित निकाल्दै सुखद शुरुवात गर्ने योजनासहित मैदानमा उत्रिने छन् । माघ २३ गते दोस्रो खेल भने अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
तेस्रो खेल एनआरटीले अपी पावर चर्च ब्वाईज युनाईटेडसँग माघ २४ गते खेल्ने छ । चौथो खेल संकटा क्लबले पाहुना टोली भारतको थण्डरबोल्ट युनाईटेडसँग खेल्ने खेल तालिका बनेको छ । त्यैगरी अर्को पाहुना टोली युकेको ब्रिगेड ब्वाईज क्लबले सहारा र नेपाल पुलिस क्लबको बिजेतासँग क्र्वाटरफाईनल खेल्ने छ । अर्को क्र्वाटर फाईनल खेल भने थ्रीस्टारले एपीएफ र मछिन्द्रको विजेतासँगै माघ २७ गते खेल्ने छ ।
माघ २८ गते एनआरटी र अपी पावर चर्च ब्वाईज युनाईटेडको बिजेतासँग नेपाल आर्मी क्लबले तेस्रो क्र्वाटरफाईनल खेल्ने तय हुदाँ अन्तिम क्र्वाटर फाईनल माघ २९ गते संकटा र भारतीय टोली बीचको विजेतासँग उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्ने छ ।
विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार पाउने छन् । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन र जयश्री फुड्स प्रालिको सहप्रायोजन गरेको छ । अन्य विभिन्न पुरस्कार विभिन्न व्यक्तित्वले प्रायोजन गरेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…