
पोखरा-दर्शकले भाग्यमानी पुरस्कार पाउँदा खेलाडी तथा अफिसियलले भने जरिवाना तिर्नुपर्ने छ । प्रत्येक खेलमा पहेलो कार्ड पाउने खेलाडी तथा अफिसियलले जरिवाना बुझाउनुपर्ने नियम सहारा क्लबले शुरु गरेको छ । आईतबार २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम पत्रकार सम्मेलन गर्दै क्लबले प्रत्येक खेलमा खेलाडी तथा अफिसियलले पहेलो कार्ड पाए जरिवाना तिनुपर्ने नयाँ प्रावधान राखिएको छ । पहेलो कार्ड पाउनेले १ हजार रुपैयाँ बुझाउनुपर्ने छ भने दुई पहेलो कार्ड(रातो)ले दुई हजार जरिवाना शुल्क बुझाउनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
तीन विभागीय क्लब आर्मी, सशस्त्र र नेपाल पुलिस क्लबसहित मछिन्द्र क्लब,अपी पावर चर्च ब्वाईज युनाईटेड क्लब, विदेशी क्लब थन्डर नर्थ युनाईटेड क्लब सिक्किम, ब्रिगेड ब्वाईज क्लब युके, र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी, थ्रीस्टार, एनआरटी, संकटा र घरेलु सहारा क्लबको सहभागिता निश्चित छ । पुरस्कारलाई पनि विभिन्न व्यक्तित्वले प्रायोजन गरेका छन् ।
वर्षेनी सम्मान गरिने राष्ट्रिय सर्वोत्कृष्ठ वर्ष खेलाडी पुरस्कारलाई क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङ, उत्कृष्ट पाँच विधाको पुरस्कारलाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । त्यस्तै म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ । प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन पाँचहजार रुपैयाँबाट पुरस्कृत गरिने छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिईओ हरिकुमार श्रेष्ठले गरेका छन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ ।
प्रतियोगितामा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगदराशीको पुरस्कार प्राप्त गर्ने छन् । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गरेको छ । जयश्री फुड्स प्रालिले सह प्रायोजकको भूमिका खेलेको छ । उपप्रायोजक पोखरा महानगरपालिका वडा नं ९ र सह उपप्रायोजकमा चरक मेमोरियल हस्पिटल रहेको छ । क्लबले पत्रकार सम्मेलन म्यान अफ दि म्याच, उत्कृष्ठ पाँच विधाको पुरस्कार तथा पदक लगायतका पुरस्कार सार्वजनिक गरिएको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…