
पोखरा-फुटबलर सनिश श्रेष्ठलाई सम्मान गरिएको छ । २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उदघाटन समारोहका फुटबलर श्रेष्ठलाई सहारा सर्वोत्कृष्ठ खेलाडीबाट सम्मानित गरिएको हो । सहारा क्लबले वर्षेनी आयोजना गर्ने आहा रारा गोल्डकपमा सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मान गर्दै आएको छ ।
श्रेष्ठलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, सहारा क्लब पोखराका अध्यक्ष केशव बराल लगायतले सम्मान गरेका थिए । सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मानलाई क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…