
पोखरा-गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै खेलाडीहरूका हकहित संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराए । उनले खेलकुद केवल व्यक्तिगत उपलब्धिसँग सीमित नरही प्रदेशको समृद्धि, पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय पहिचानका लागि पनि महत्वपूर्ण क्षेत्र भएकाले प्रदेश सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
खेल क्षेत्रको दिगो विकासका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, खेल संघ–संस्था, खेलाडी तथा खेलप्रेमीहरूसँग सहकार्य गरी नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गरिने भनाई उनको छ ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भएका हरेक प्रकारका खेलकुद सम्बन्धि कार्यक्रममा महानगरको साथ रहेको उल्लेख गरे । पोखरा पर्यटनको राजधानी भएकाले खेलकुद मार्फत पनि पर्यटन बढ्वामा टेवा पुु¥याउने हेतु गतिविधि बढाउन उनको आग्रह छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदलाई राजनीति मुक्त बनाउनुपर्ने स्पष्ट पारे । उनले खेलकुद पर्यटनको महत्वपूर्ण सेक्टर भएको उल्लेख गर्दै खेलकुदमा राजनीति भन्ने जोडिन नहुने बताए । खेलकुदमा नियुक्त गर्ने सम्बन्धमा केवल खेल क्षेत्र बुझेको व्यक्ति मात्रै हुनुपर्ने उनको भनाई थियो । खेलकुदमा खेलकुदकै व्यक्ति आउनुपर्छ राजनीति व्यक्ति होईन उनको अभिव्यक्ति थियो । पोखरा रंगशालालाई पोखरा महानगरपालिकाले आफनो स्वमित्वमा लिनुपर्ने जोड दिए । उनले भने रंगशाला पोखरा महानगरपालिकाको माहतहतमा हुनुपर्छ । उनले प्रदेश सरकारले अपनत्व लिए पनि महानगरलाई भने कुने अप्ठ्यारो नहुने जिकिर गरे । जिल्ला खेलकुद विकास समिति कास्कीले १४ लाख रुपैयाँ बचत गरेको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष अभिषेक थापाले सार्वजनिक गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…