
चितवन-नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनामा बार्षिक कार्यक्रम अनुरुपको १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ ।
चितवनको फिस्लिङ्ग, त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङ्गले स्वर्ण पदक प्राप्त गरे । गुरुङ्गले १२३.३२ अंक ल्याइ स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेको गोरखाका रविन चेपाङ्ग १५०.६१ अंकका साथ रजत र तेश्रो स्थानमा रहेको चितवनकै विक्रम गुरुङ्ग १५४.४५ अंकका साथ कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
बिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथ प्रथमले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद प्राप्त गरे । खेलाडीहरुलाई नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघका बरिष्ठ उपाध्यक्ष सूर्य जोशी, संघका महासचिव एवं अन्तराष्ट्रिय निर्णायक सुदीप गौतम, कोषाध्यक्ष महेश थापा लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण तथा समापन समारोहलाई बरिष्ठ प्रशिक्षक निम बहादुर मगरले बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
दुई दिने प्रतियोगिताको अन्तिम चरणमा २ महिला सहित ३८ खेलाडीहरुको सहभागिता रहेको थियो । त्रिसुली नदीमा ६ वटा अपस्ट्रिम गेटका साथ १३ वटा गेटमा प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई सफल पार्न ५ अन्तर्राष्ट्रिय सहित १७ जनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…