
लेखनाथ-विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक बेगनास युवा क्लवले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए ।
युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि तेश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक बिज्ञान कोईरालाले वताए ।
प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५र५ हजार प्राप्त गर्नेछन् भने अनुशासित टिमले रु ८ हजार प्राप्त गर्नेछ ।
वेगनासताल वाँध नजिकै रहेको वेगनासताल खेल मैदानमा हुने प्रतियोगितामा करिव ३५ टिमको सहभागिता रहने अनुमान गरिएको संयोजक कोईरालाले जानकारी दिएका छन् ।
प्रतियोगिता संचालन गर्न रु ९ लाख ५० हजार खर्च लाग्नेछ भने करिव १० लाख आम्दानी हुने र खर्च कटाएर ५० हजार बचत हुने अनुमान गरिएको छ भने प्रतियोगिताबाट वचत हुने रकमबाट खेल मैदान मर्मत, क्लवका सदस्य हरुको क्षमता अभिवृद्धि तथा स्थानिय पर्यटन प्रवर्धन गर्न खर्च गरिने छ।
प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं ३१ को कार्यालय संरक्षकको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका वडा नं ७, ८, ९, १२, १३, २६ र ३० को कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, आदर्श युवा क्लव रहेका छन्।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…