
पोखरा-गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग आईतबार विहान नौ बजे खेल्दै प्रथम पोखरा कप पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको शुरुवात गर्ने छ । पहिलो दिन चार खेल खेलाईने खेल तालिका सार्वजनिक भएसँगै गण्डकीले कर्णालीसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रदेश ह्याण्डबल संघ गण्डकीको आयोजनामा हुने प्रतियोगितामा गण्डकी, कर्णाली, सुदुर पश्चिम, कोशी, सशस्त्र प्रहरी बल, लुम्बिनी र नेपाल आर्मीले सहभागिता जनाएका छन् । नेपाल प्रहरीको टोली भने प्रतियोगितामा समावेश छैन् । दोस्रो खेल सुदुर पश्चिमले कोशीसँग प्रतिस्पर्धा गर्दा तेस्रो खेलमा सशस्त्र प्रहरी बलले लुम्बिनीसँग र अन्तिम खेल गण्डकीले सुदुरपश्चिमसँग खेल्दै पहिलो दिनको प्रतिस्पर्धा टुंगिने छ ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा रगशालास्थित आउटडोर ह्याण्डबल कोर्टमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…