
पोखरा-अमरसिंह ब्वाईज क्लबले यही चैत अन्तिम साता ८ ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संंस्करण आयोजना गर्ने तयारी गरेको छ । क्लबले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं क्लबले चैत २७ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने सार्वजनिक गरेको हो ।
प्रतियोगितामा नेपालका विभिन्न १४ टिमको सहभागिता रहने क्लबका अध्यक्ष एवं संयोजक राजेश गुरुङले बताए । तेस्रो संस्करणको प्रतियोगितालाई क्लबले पोखरा रंगशालामा आयोजना गर्ने तयारी गरेको हो । यस अघिका दुई संस्करण पोखराको अमरसिंह चौरमा सम्पन्न गरेको हो ।
प्रतियोगितामा विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको लागि क्लबले १३ लाख ६७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…