
पोखरा-नेपाल सुपर लिगको ट्रफीको पोखरा ल्याइएको छ । विभिन्न शहर भ्रमण गराउने योजनासहित शनिबार पोखरा रंगशालामा सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ट्रफी सार्वजनिक गरे । ट्रफीलाई नेपालको विभिन्न शहरमा परिक्रमा गरिने कार्यक्रम रहेको छ ।