रेफ्रीको निर्णयपछि बसेको गलत नजिर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १० गते २०८१ मा प्रकाशित


पोखरा-फुटबलमा अविस्मरणीय घटना हुने गर्छन् । सकारात्मक र नकारात्मक दुवैले फुटबल अविस्मरणीय बन्छ । पोखरामा पनि यस्तै अविस्मरणीय घटना फुटबलमा घट्यो । सम्भवत यो घटना कास्कीको फुटबल इतिहासमा पहिलो हो । जुन फुटबलमा अन्यत्र घटेको छैन् घट्दैन पनि । घटनाले फुटबल तरंगित बनाईदियो कि आयोजकले प्रतियोगिता सम्पन्न गरेर पनि चैनको श्वास लिन सकेन् । मैदान भित्र भएको गतिविधिको जस र अपजस आयोजक स्वयंले लिनुपर्ने बाध्यताले हर्ष र विस्मातको अवस्थामा पुर्याईदियो । जुन निर्णयले पोखराको फुटबलमा कलकिंत बनेको छ । रेफ्रीको निर्णयलाई क्षम्य मान्न सकिदैन् ।

घटना देख्दा सामान्य लाग्छ तर जुन फुटबल इतिहासमा हुदैन् । रेफ्रीको गलत निर्णयले गर्दा कतिसम्मको समस्या र विवाद उत्पन्न हुन्छ त्यसलाई छर्लङ्ग बनाईदिएको छ । घटनाले रेफ्रीको योग्यता र क्षमता माथि प्रश्न उब्जाईदिएको छ । निर्णयकै कारण फटुबल आयोजना गर्दा पनि एकपटक सोच्नै पर्ने आशंका पैदा गरिदिएको छ ।

घटना यसरी शुरु हुन्छः शितल ज्योति युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको चैत ५ गते एलजी एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज बीचको प्रतिस्पर्धा चलेको थियो । प्रतिस्पर्धामा दुवै १–१ गोलको नजितामा बराबरीमा टुंगियो । खेल टुंगिनु अघि नवआर्दशले खेलाडी परिवर्तन गराउन फोर्थ अफिसयल छेउ पुग्छन् । फोर्थ अफिसियले खेलाडी परिवर्तको तम्तयार हुन्छ । फोर्थ अफिसियलले खेलाडी परिवर्तनको संकेत रेफ्रीलाई दिन्छन् । रेफ्रीले केही समय पर्खाईरहँदा खेल निर्धारित समय सकिएको सिठी फुकेपछि तयारी पेनाल्टी शुरु गरिएको थियो । नवआर्दशको खेलाडी परिवर्तनको निर्णय रेफ्रीले गरिदिन्छन् ।

रेफ्रीको निर्णयसँगै परिवर्तन भएको खेलाडीले पेनाल्टी गोल गर्छन् । त्यो गोल प्रेरित नवआदर्शले एलजीलाई पराजित गरेको थियो । पराजयपछि एलजीले रेफ्रीको निर्णय विरुद्ध आयोजक समक्ष उजुरी गरेपछि आयोजक शितलज्योतिले छनाविन गरेको थियो । छानविन गर्दै रेफ्रीसहितको टिमलाई कार्वाही गर्ने निर्णय सार्वजनिक गर्यो । सार्वजनिक गरिएको निर्णयको पत्रमा शितलज्योतिले रेफ्री तथा अफिसियललाई कार्वाही गरेको जनाउँदै खेल पुनः सञ्चालन नगरिने व्यहोराको जानकारीसहितको पत्र एलजी एशोसियसनलाई पठाएको थियो । घटनापछि एलजी र नवआदर्श दुवैले विज्ञप्ति जारी गरेका छन् । स्पष्ट पार्ने नाममा क्लबको पत्रले पनि खेल खेलाउन आयोजकलाई पनि दबाव र तनाव बनायो ।

पत्र पाएलगत्तै एलजीले आफुहरु अन्यायमा परेको भन्दै विज्ञप्ति जारी गर्यो । रेफ्रीको निर्णयले अन्याय भएको भन्दै जारीको गरेको विज्ञप्ति कास्की जिल्ला फुटबल संघ समक्ष आईपुग्छ । कास्की जिल्ला फुटबल संघले पनि त्यसको निणायार्थ सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) समक्ष पठायो । एन्फाले रेफ्रीको निर्णय लज अफ दि गेममा नरहेको जनाउँदै आयोजकलाई खेल पुनः खेलाउन बारे पत्र पठाएको थियो । पत्रकै आधारमा आयोजक शितलज्योतिले दुवै टोलीलाई क्र्वाटरफाईनल खेल्न पत्रचार गर्यो । पत्रचार अनुसार एलजी मैदानमा उपस्थिति भएको थियो । नवआदर्श भने क्र्वाटरफाईनल खेल्न अस्वीकार गर्यो । खेल्न अस्वीकार गरेपछि आयोजकले एलजीलाई विजेता घोषणा गर्दै प्रतियोगितालाई अगाडि बढाएको थियो ।

एउटा रेफ्रीको गलत निर्णयको भागिदार आयोजक र क्लबले लिनुपर्ने अवस्था सृजना भएको छ । यता आयोजक क्लबले पनि आफनो निर्णय बेलैमा सुनाउन नसक्दा विवाद उत्कर्षमा पुगेको हो । रेफ्रीको गलत निर्णयको शिकारले कास्कीको फुटबलमा तरंगित छ । खेल सकिने वित्तिकै दुवै टोलीलाई राखेर निर्णय गर्न नसक्नु आयोजकको कमजोरी हो । आयोजकले रेफ्रीलाई फुटबल खेलाउने रोक लगाउँदै कार्वाही गर्यो । त्यो कार्वाहीसँगै आयोजक क्लबले खेल पुन सञ्चालन गर्न नसकिने व्यहोराको पत्र काटिसकेपछि त्यो निर्णयबाट पछि हट्नु आफैंमा अपरिपक्क निर्णय हो । आफैंले काटेको पत्रलाई अवमूल्यन हुने गरी आयोजकले निर्णय उल्ट्याउँदै गलत नजीर बसालिदियो । पत्रको निर्णय नै अन्तिम निर्णय भन्न आयोजकले किन सकेन् ।

अर्कोतिर आयोजक क्लबले उत्पन्न विवाद समाधान गर्न फुटबल संघलाई गुहार्नु स्वभाविक हो । फुटबल संघले पनि आयोजक तथा क्वार्टर फाईनल खेलमा सहभागि दुवै टोलीको प्रतिनिधिलाई राखेर छलफल चलाउन नसक्नु आफैंमा कमजोरी देखिन्छ । संघले पनि विवाद सुल्झाउन एन्फालाई पत्रचार गर्यो । गरेको पत्रचार अनुसार एन्फाले सबै घटनाक्रम बुझेपछि पुन खेल सञ्चालन गर्ने जानकारी बारे भन्दै प्रतिउत्तर कास्की जिल्ला फुटबलस संघलाई सम्बोधन गर्दै पठाएको छ । एन्फाको पत्रलाई आधार मान्दै शितल ज्योति क्लबले नवआर्दशलाई पुन खेल खेल्न पत्रचार गरेको थियो । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले गरेको निर्णयलाई नवआर्दशले स्वीकार नगर्नु आफैंमा दम्भ हो ।