
पोखरा-अन्नपूर्ण आधारशिविरबाट शुरु हुने दौड माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा आएर टुंगिने छ । यो पूर्वको एभेरेष्ट म्याराथनजस्तै हो । साहसिक दौडको रुपमा रहेको यो म्याराथन दौडिन स्वदेशी तथा विदेशी धावकहरुको उपस्थिति हुदैं आएको छ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमाल ९८०९१ मिटर० को सफल आरोहण गरेको थियो । सोही दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउदै आएको जनाउँदै अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पनि वर्षेनी म्याराथनलाई प्राथमिकतामा राख्दै आएको छ । खास गरी साहसिक दौड मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको समितिले लिएको समितिका अध्यक्ष एवं संयोजक ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण आरोहणको ७५ वर्ष भएकाले यस वर्षको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण हीरक उत्सवका रुपमा समेत मनाउन लागिएको उहाँको भनाई थियो
म्याराथनमा महिला तथा पुरुष दुवै विधामा प्रतिस्पर्धा गराईने छ । दौडको लागि १० विदेशी र ५० नेपाली धावकले नाम दर्ता गराइसकेका छन् । नाम दर्ताको लागि १५ जेठ सम्मको समय तोकिएको छ । धावकले नाम दर्ताका लागि ७ हजार रुपैया तिर्नुपर्ने छ ।
प्रतियोगितमा म्याराथन महिला तथा पुरुषतर्फ बिजेताले एक लाख ५० हजार पुरस्कार पाउने छन् । दोस्रो हुनेले एकलाख, तेस्रो हुनेले ७५ हजार नगद पुरस्कार पाउनेछन् । अन्नपूर्ण म्याराथन–२०८२ सम्पन्न गर्नका लागि करिब ३८ लाख रुपियाँ लाग्ने आयोजकको अनुमान छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…