
पोखरा-नवलपुरले पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सेपाक ताक्रो प्रतियोगिताको तेहोरो उपाधि जितेको छ । शनिबार पोखरा रंगशाला सेमी कभर्ड हलमा आयोजित प्रतिस्पर्धामा सेपाक ताक्रोको महिला तथा पुरुषको रेगु ईभेण्टमा तेहोरो उपाधि आफनो नाममा लेखायो । महिलाको दुई इभेण्ट र पुरुषको एक इभेण्टमा नवलपुरले उपाधि रक्षा गरेको हो ।
रेगु महिला तर्फको फाईनल प्रतिस्पर्धामा नवलपुरले कास्कीलाई सोझो सेटमा पराजित गर्ने क्रममा १५–११, १५–११ को सेटले पन्छाउँदै उपाधि उचाल्यो । त्यसैगरी महिला तर्फकै डबल्स तर्फको प्रतिस्पर्धामा पनि नवलुरले कास्कीले नै पराजित गर्दै उपाधि उचाल्यो । डबल इभेण्टमा १५–१२, १५–११ को सेटमा पराजित गरेको हो ।
पुरुष तर्फको रेगु इभेण्टमा नवलपुरले लमजुङलाई पराजित गर्दै उपाधि उचाल्न सफल भयो । बेष्ट अफ थ्रीमा खेलाईएको प्रतिस्पर्धामा नवलपुरले लमजुङलाई १५–३, १२–१५ र १५–८को सेटमा पन्छाउँदै उपाधि जित्न सफल भएको हो । पुरुष डबल तर्फको प्रतिस्पर्धामा भने लमजुङले नवलपुरलाई पराजित गर्यो । फाईनल प्रतिस्पर्धामा लमजुङले नवलपुरलाई १७–१५, १५–२ को सेटमा पराजित गर्दै उपाधि आफनो बनायो ।
गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा गण्डकीका मनाङबाहेक १० जिल्लाको सहभागिता रहेको थियो । दुईदिनसम्म सञ्चालित प्रतियोगिताको विजेता महिला तथा पुरुषर(रेगु इभेण्ट)लाई २५÷२५ हजार नगद राशी पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो । उपविजेताले १५ हजार पाउँदा तेस्रो स्थाना रहेको तनहुँले भने १० हजार नगद प्राप्त गरे । तनहुँ महिला तथा पुरुष रेगु इभेण्टमा तेस्रो स्थान प्राप्त गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट स्पाईकर नवलपुरका पदमबहादुर ठाडामगर घोषित भए । त्यस्तै रनर स्टरको रुपमा नवलपुरकी महिला तर्फ सलिन गुरुङ र पुरुष तर्फ तनहँुका अतिश राना घोषित भएका थिए । रनरस्टरलाई नगद २÷२ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्याम रानाले जानकारी दिनुभयो । सेपाक ताक्रो पोखरामा झण्डै दुई दशकअघि भित्रिएको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…