
पोखरा-पाँचौ एनसेल टाईगरकप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले २१ लाख रुपैयाँ बचत गरेको छ ।
गत माघ १२ गतेदेखि २० गतेसम्म पोखरा रगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगिताको बुधबार पोखरा रंगशालामा आयव्यय गर्दै २१ लाख रुपैयाँ बचत भएको सार्वजनिक गरिएको हो । एक करोड ७१ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको प्रतियोगितामा १ करोड ५० लाख रुपैयाँ ८८ हजार रुपैयाँ खर्च भएको विवरण पत्रकार सममेलनमा प्रस्तुत गरियो ।
प्रतियोगितालाई एनसेलले मुख्य प्रायोजन गरेको थियो । मुख्य प्रायोजन वापत एनसेलले १७ लाख रुपैयाँ सहयोग गरेको आयव्यय विवरणमा उल्लेख छ । त्यसैगरी सहप्रायोजकको रुपमा सुश्री मिडिया प्रालिले १६ लाख, प्रदेश खेलकुद परिषद गण्डकीले १० लाख, पोखरा महानगरपालिकाले १० लाख, राष्ट्रिय खेलकुद परिषदले ५ लाख सहयोग जुटेको टाईगर ग्रुपले जनाएको छ ।
ग्रुपले स्वदेश तथा विदेशी एवं संघसंस्थाहरुबाट ५६ लाख रुपैयाँ सहयोग जुटाउँदा प्रवेश शुल्कबाट मात्रै ५७ लाख ३९ हजार रुपैयाँ संकलन गरिएको जनाएको छ । ग्रुपले स्वदेशी तथा विदेशी टिमको व्यवस्थापनको लागि मात्रै ५९ लाख २८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । पुरस्कारमा मात्रै २२ लाख ३९ हजार खर्चिएको छ । प्यारापिटसहित अन्य खर्चमा २० लाख रुपैयाँ निर्णायक तथा रेफ्रीको लागि ६ लाख रुपै्रयाँ खर्च गरिएको छ । खेल मैदान मर्मतमा ५ लाख, अतिथि सत्कारमा मात्रै ५ लाख १८ हजार खर्च भएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।
प्रतियोगितामा महिला तर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मीक्लब, नेपाल एपीएफ क्लब, टिपटप न्यु डायमण्ड युथ स्पोर्टस क्लब, टाईगर ग्रुप(आयोजक) र ट्राभल इन्क्वाइरी युनाईटेड प्यसन भलिब क्लब सिसाकेट थाईल्याण्ड रहेका थिए । पुरुष तर्फ तीन विभागीय क्लब, टिपटप हेल्प नेपाल, गण्डकी प्रदेश भलिबल संघ र सुनिल भलिबल क्लब कुरुक्षेत्र भारतीय टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट बचत रकम मध्ये १ लाख ५० हजार रुपैयाँ खेलाडी अक्षयकोषमा राखिएको छ । सोही अवसरमा टाईगर ग्रुपले आफनो छैटौं संस्करणको प्रतियोगिता आगामी माघको दोस्रोसाता आयोजना गर्ने तयारी समेत गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…