
पोखरा-टिपटप न्युडायण्डलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय क्लब नेपाल पुलिसले नवौं पिएम कप एनभिए महिला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । गणतन्त्र दिवसको दिन बिहीबार पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल प्रतिस्पर्धामा पुलिसले न्युडायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो ।
नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले तेस्रो स्थानमा चित्त बुझाउने क्रममा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई उस्तै सेटमा पराजित गर्यो । विदेशी(थाईल्याण्ड)का तीन खेलाडीलाई टोलीमा समावेश गर्दै बनेको एभरेष्टले एपीएफलाई २५–१८, १०–२५, २५–१३ र २९–२७ ले पराजित गरेको हो । विजेता बनेको नेपाल पुलिस क्लबले उपाधिसहित नगद ८ लाख, उपविजेता बनेको न्युडायमण्डले ४ लाख रुपैयाँ र तेस्रो स्थानको एभरेष्ट भलिबल क्लबले नगद २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…