
काठमाडौं-तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस एम्सको सदस्यता प्राप्त गरेको छ ।
एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको छ । यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए ।
एभरेष्ट म्याराथनले एम्सको सदस्यता लिएकोमा एम्स दुत टीएस ठकुरीले खुशी व्यक्त गरे । ‘नेपालमा एम्सको सदस्य संख्या वृद्धि हुनु नेपालमा रनिङ संस्कृति बढ्दै गएको संकेत हो ।’ एम्स दुत ठकुरीले भने–‘नेपालको समथर तराईमा हुने धारा नेपालगन्ज म्याराथनदेखि संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा हुने एभरेष्ट म्याराथनसम्म विदेशीको चासो बढ्नेछ, र यसले विदेशी पर्यटकको संख्या वृद्धि हुँदै जानेछ ।
’ एभरेष्ट म्याराथन हरेक मे महिनाको २९ तारिखमा आयोजना हुने गर्छ । संसारको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक सफल आरोहण गर्ने तेन्जिङ शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीको सम्झनामा यो म्याराथन आयोजना हुने गर्दछ ।
एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डेले एम्ससँगको आवद्धताका लागि एम्स दुत टीएस ठकुरीको योगदान रहेको बताए । ‘एम्ससँग सम्बन्ध बिस्तारका लागि ठकुरीजीको भुमिका छ ।’ पाण्डेले भने–‘यसले थप पर्यटक आगमनमा सघाउनेछ ।’ नेपालगन्ज म्याराथनको अगुवाइमा गत जेठ २१ देखि २४ गतेसम्म काठमाडौं र ललितपुरमा एम्सको बोर्ड बैठक, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स र काठमाडौं २५किमी हेरिटेज रन आयोजना भएको थियो । इन्टरनेसनल रनिङ कन्फ्रेन्समा विक्रम पाण्डे किनोट स्पिकर थिए । नेपालबाट पाण्डे म्याराथनको प्रादुभाव भएको देश ग्रीसका लागि अवैतनिक दुत हुन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…