
पोखरा-गएको माघ मध्यसाता आयोजित २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको लामो समयपछि आयव्यय सार्वजनिक गरिएको छ । सहारा क्लबले गत माघ २२ गतेदेखि फागुन ३ सम्म पोखरा रंगशाला आयोजित प्रतियोगितामा २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गरेको छ ।
हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगितामा एक करोड ३९ लाख ६७ हजार ७ सय ३४ रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै सञ्चालन खर्च १ करोड १५ लाख ४५ हजार ६ सय५८ रुपैयाँ भएको क्लबले जनाएको छ । प्रतियोगिताको उपाधि विदेशी टोल िब्लकबुल्स एफसी युज्वेकिस्तानले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।
प्रतियोगितामा टेल्जी इलेक्ट्रिक स्कुटरले सर्वोत्कृष्ठ खेलाडीको परस्कार प्रायोजन गरेको थियो । अन्य विभिन्न संघसंस्थाले प्रायोजन गरेको क्लबले जनाएको छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…