
पोखरा-गएको माघ मध्यसाता आयोजित २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको लामो समयपछि आयव्यय सार्वजनिक गरिएको छ । सहारा क्लबले गत माघ २२ गतेदेखि फागुन ३ सम्म पोखरा रंगशाला आयोजित प्रतियोगितामा २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गरेको छ ।
हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगितामा एक करोड ३९ लाख ६७ हजार ७ सय ३४ रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै सञ्चालन खर्च १ करोड १५ लाख ४५ हजार ६ सय५८ रुपैयाँ भएको क्लबले जनाएको छ । प्रतियोगिताको उपाधि विदेशी टोल िब्लकबुल्स एफसी युज्वेकिस्तानले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।
प्रतियोगितामा टेल्जी इलेक्ट्रिक स्कुटरले सर्वोत्कृष्ठ खेलाडीको परस्कार प्रायोजन गरेको थियो । अन्य विभिन्न संघसंस्थाले प्रायोजन गरेको क्लबले जनाएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…