
पोखरा-सहारा क्लब हङकङका सल्लाहकार एवं समाजसेवी देव गुरुङले सहारा क्लब पोखरा र एकेडेमीमा निरन्तर सहयोग गर्दै आएका छन् । लोकदोहोरी गायकका सर्जक तथा कानून व्यवसायीसमेत रहेका गुरुङले सहयोग गरेका हुन् ।
बुधबार पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी पुगेर उनले पत्नी मीना गुरुङ, छोराबुहारी प्रिन्स र यमुना तथा छोरी पायल गुरुङको तर्फबाट एकेडेमीमा बालकहरुका लागि ३० थान जर्सी सहयोग गरे । यस्तै, बालकहरुलाई खाजाका लागि नगद १५ हजारसहित करिब ५० हजार बराबरको सहयोग गरे ।
उक्त सहयोग उनले क्लबका नवनिर्वाचित अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।
उनले आहा रारा पोखरा गोल्डकपका लागि बर्सेनी ५१ हजार रुपैयाँ आजीवन प्रदान गर्ने घोषणा गरेका छन् ।
क्लबको १४ औं अधिवेशनबाट केशवबहादुर थापाको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले उनलाई एकेडेमीमा स्वागत गरेको हो ।
क्लबका सहकोषाध्यक्ष एवं एकेडेमी संयोजक विष्णु गुरुङले गुरुङ दम्पतीलाई फूलगुच्छा र अध्यक्ष थापाले खादा लगाएर स्वागत गरे । कार्यक्रममा स्वागत क्लब अध्यक्ष थापाले एकेडेमीबारे जानकारी दिनुका साथै निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।
क्लबका पूर्वअध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, हरिराम गुरुङ ९सुरज०, सचिव ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, कार्यसमिति सदस्य अमर राज भण्डारी, प्रमिला घले, विजय गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठलगायतको उपस्थिति थियो ।
सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीका हाल चौथो ब्याचमा विपन्न तथा कठिन परिस्थितिका ३० जना बालकहरु आश्रित छन् । उनीहरुलाई क्लबले निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदैआएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…