
पोखरा-हेटौडामा आयोजना हुने प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको लागि सहभागिता जनाउन पोखराका एलजी एशोसियसन नेपाल क्लबका खेलाडीलाई मंगलबार बिदाई गरिएको छ । २२ खेलाडी तथा तीन अफिसियलसहितको टोली आज हेटौडा पुग्ने छ । प्रेसिडेन्ट कपमा एलजीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने छ ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङ, महासचिव पदम गुरुङ लगायतले खादा लगाई विदाई गरे । एलजी एशोसियसन नेपालका अध्यक्ष डम्बरजंग गुरुङले यात्राका शुभकामना एवं जितको कामनासहित दही खुवाएर बिदाई गरेका थिए ।
एलजीले हेटौडामा आयोजना हुने प्रतिस्पर्धामा बुधबार खेल्ने कार्यक्रम तय छ । प्रशिक्षकको जिम्मेवारी किरण श्रेष्ठले लिएका छन् । सहायक प्रशिक्षकमा सुनिल राना र व्यवस्थापकमा ओम गुरुङ रहेका छन् ।
खेलाडीहरुमा दिप कार्की(गोलकिपर), यन्जल श्रेष्ठ, जिलेष्पीजंग कार्की(फरवार्ड), आशिष गुरुङ(सेन्टर फरवार्ड), सुरजज्यु ठकुरी(मिडफिल्डर), संगम ठकुरी(सेन्टर डिफेन्स), दिवस छन्त्याल( मिडफिल्डर), अंकित गुरुङ,(मिडफिल्डर), सरोज गुरुङ(राईट व्याक), आशिष गुरुङ(फरवार्ड), मुकुन्द न्युउरे(मिडफिल्डर) राम थापा(राईट ब्याक) रहेका छन् । यसैरी यामबहादुर श्रेष्ठ, लक्षु थापा, निराजन धामी, टिकाराज गुरुङ, मनोज गुरुङ, सविन, सन्दीप रानामगर, आशा थापामगर, विशाल नेपाली, विवेक श्रेष्ठ, आयुषमान गुरुङ, मन्दीप गुरुङ, सुलेमान थापामगर र जर्जप्रिन्स कार्की रहेका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…