
काठमाडौं-नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेश्रो साता हुने भएको छ । मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघले जनाएको छ । जसमा पुरुष तर्फ १५०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ५० मिटर तथा ४० प्लसको ५० मिटर फ्रिस्टायल, २०० मिटर, १०० मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर इन्डिभिज्युल मिड्ले, १०० र ५० मिटर ब्याक स्ट्रोक र बटरफ्लाई खुल्ला प्रतिस्पर्धा हुने छ । महिला तर्फ ८०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर, ५० मिटर र ४० प्लसको ५० मिटर फ्रिस्टायल, २०० मिटर, १०० मिटर र ५० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर इन्डिभिज्युल मिड्ले, १०० मिटर र ५० मिटर ब्याक र बटरफ्लाई खुल्ला स्पर्धा हुनेछ ।
यसैगरि महिला तथा पुरुषको ५० मिटर गुणा ४ फ्रिस्टायल रिले र ५० मिटर गुणा ४ मिक्स मिड्ले रिलेमा प्रतिस्पर्धा हुनेछ ।
सातदोवाटोस्थित २५ मिटरको हिटिङ्ग पौडी पोखरीमा हुने च्याम्पियनसिपमा पदक प्राप्तीका आधारमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई एनएसए च्याम्पियन ट्रफी प्रदान गरिने छ । यस्तै पदकका आधारमा १ महिला र १ पुरुष खेलाडीलाई नगद सहित ट्रफी प्रदान गरिने छ भने राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिने छ ।
च्याम्पियनसिपको अनुमानित लागत २० लाख रहेको छ । आर्थिक ब्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद् लगायत विभिन्न दाता, संघ, संस्थाहरुको प्रायोजनबाट पूर्ति गरिने नेपाल पौडी संघले जनाएको छ । च्याम्पियनसिपको लागि अनलाईन आवेदन खुला भईसकेको र च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि क्धष्m ल्भउब िबाट मात्र अनलाईन फर्म भर्नु पर्ने पौडी संघले बिज्ञप्तीमा जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…