
पोखरा-दुईदिनपछि पोखरा रंगशाला क्रिकेट मैदानमा पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुदैै छ । मंसिरको २५ देखि पुषको ६ गते सम्म पा ुहुने छ ।
हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागिता ा रहेको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
कास्की जिल्ला क्रिकेट संघले विगतका वर्षदेखिनै विद्यालय स्तरमा क्रिकेटको संरचना मजबुत बनाउने प्रतिभाहरुलाई सुरुवाती उमेरमै प्लेटफर्म उपलब्ध गराउने र जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य सहित उक्त प्रतियोगिता गर्न लागिएको संघले जनाएको छ ।
विद्यालय स्तरमै उच्च प्रतियोगितामुलक वातावरण सिर्जना गर्न सके भविष्यमा खेलाडीलाई अगाडि बढ्न थप सहजता मिल्ने भएकाले आफुहरुले आयोजना गर्न लागउको अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताले कास्की जिल्लामा युवा क्रिकेट बिकासमा महत्वपूर्ण भुमिका खेल्ने पोखरा महानगपालिकाले जनाएको छ ।
प्रतियोगिता टि–२० फम्र्याटमा सञ्चालन हुने भएकाले आधुनिक क्रिकेटको माग अनुसार युवा खेलाडीलाई क्षमतापरीक्षण गर्न पूर्ण अवसर प्रदान गर्ने र पोखरा क्रिकेट स्टेडियममा आयोजना हुने यो प्रतियोगिता मनोरञ्जन, प्रतिस्पर्धा र प्रतिभा पहिचानको उत्कृष्ट संयोजन हुने आयोजकले विश्वास लिएको छ ।
उक्त प्रतियोगिता मार्फत जिल्ला टीम छनोट समेत हुने भएकाले अर्को महत्वपूर्ण पक्षको रुपमा उक्त प्रतियोगितालाई लिइएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न भएपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सोही उमेर समूहको राष्ट्रिय खेल अघि बन्द प्रशिक्षणमा राखिने भएको छ । उक्त प्रशिक्षण शिविरमा प्रशिक्षक, चयनकर्ता तथा क्रिकेट विश्लेषकहरूको निगरानीमा खेलाडीहरूको प्राविधिक, मानसिक, शारीरिक तथा रणनीतिक क्षमता परिक्षण गरिने र त्यस पश्चात च्यालेन्जर कप को आयोजना गरिने आयोजकले जनाएको छ ।
बन्द प्रशिक्षणबाट छनोट गरिएका खेलाडीहरूको बीच प्रतिस्पर्धा गरी च्यालेन्जर कपको प्रदर्शनलाई आधार मानेर कास्की जिल्ला यु–१६ पुरुष टोली को अन्तिम छनोट गरिने भएको छ । प्रतियोगितामा टिम तर्फ बिजयी टोलीले ट्रफी, मेडल र प्रमाणपत्र र उपबिजेता टोलीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा ब्याक्तिगत विद्या तर्फ हिमालय क्रिकेट एकेडेमीले प्रतिभा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीहरुका लागि प्लेयर अफ दी म्याचलाई एकेडेमीको भर्ना फि मा २५ प्रतिशत छुट, प्लेयर अफ दी सेरिजलाई एकेडेमीको भर्ना शुल्क मा २५ प्रतिशत छुट, बेष्ट बलर र बेष्ट ब्याटरलाई एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र उदयीमान खेलाडीलाई शत प्रतिशत भर्ना छुटको ब्यवस्था मिलाइएको हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष शक्ति बरालले जानकारी दिए ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…