
पोखरा-नेपाली उमेर समूहकी शीर्षस्थानकी शिवाली गुरुङलेगल्र्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी भोलिपल्ट एकल तर्फ फाईनल सुरक्षित गरेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा आयोजित आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिवाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी हुन् ।
प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलंका) लाई ६–३ ६–० ले सहज जित हात पार्दै टिङ हो याङसँग फाइनल भिडन्त पक्का गरेका छन् । शिवालीलेले भारतकी कर्थिका पद्मकुमारलाई संघर्षपूर्ण खेलमा ६–३ ५–७ ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । उनले जारी प्रतियोगिताको सर्किट १ मा समेत उपाधि जितेकी थिइन् । उनले फाइनलमा सर्किट १ कै उपविजेता रहेकी ताइपेकी के–चि सुसँग भेट पक्का गरेकी छन् । के–ची सुले सेमीफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१ ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन् ।
यता ब्वाइज डबल्स फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि जिते भने नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…