
पोखरा-एन्फा प्रेसिडेण्ट लिग विजेता पोखराको एलजी एशोसियशनले राष्ट्रिय लिग प्रतियोगिताको लागि आर्थिक सहयोगको आह्वान गरेको छ । गण्डकी प्रदेशकै एक मात्र क्लब एलजीले राष्ट्रिय लिग खेल्न एक करोड भन्दा बढी खर्च हुने भन्दै त्यसको लागि सहयोगको लागि आह्वान गरेको हो ।
क्लबले लिगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाउँदै प्रतियोगिताको स्तर अझ उच्च हुने विश्वास लिएको छ । क्लबले एन्फा प्रेसिडेण्ट लिग खेल्ने क्रममा ५० लाख रुपैयाँ भन्दा बढी खर्च भईसकेको जनाउँदै अध्यक्ष डम्बरजंग गुरुङले लिग विजेता हुने श्रेय स्वदेश तथा विदेशका सहयोगीदाता, वडा, वडाबासी तथा विभिन्न संघसस्थामा आबद्ध तथा व्यवसायीहरुको सहयोगबाट मात्र भएको बताए । उनले हङकङ, जापान, युके, अष्टे«लिया तथा अमेरिकास्थित एलजी एशोसियसनलाई सहयोग प्रति आभार प्रकट गरेका छन् ।
उनले क्लबको सीमित स्रोत साधनबाट अनुशासन, मेहनत र प्रतिबद्धताले फुटबलको राष्ट्रिय मञ्चमा उत्रिने तयारी गरेको उल्लेख गर्दै राष्ट्रिय लिगमा खेलाडीको पारिश्रमिक प्रशिक्षण, यात्रा तथा आवास व्यवस्थापनको चुनौति क्लब सामु आईपरेको बताए । क्लबको लिग यात्रामा आर्थिक नैतिक तथा संस्थागत सहयोगको लागि अध्यक्ष गुरुङले आग्रह गरे ।
क्लबले नेपाली फुटबलको विकासको लागि एन्फा तथा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारले राष्ट्रिय लिगलाई प्राथमिकतामा राखी खेलाडीको आर्थिक सुरक्षा, क्लबहरुको दिगोपन, पारदर्शी व्यवस्थापन र दीर्घकालिन नीति निर्माणमा विशेष ध्यान दिन समेत आग्रह गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…