
पोखरा -नेपाल क्योकुशिन(कान कराते संघ कास्कीको आयोजनामा माघे संक्रान्तिको अवसरमा ढुङ्गेसाँघु टुटुङ्गा पोखरामा सम्पन्न पचिस्सौं माछापुच्छ्रे राष्ट्रिय फुल कन्ट्याक्ट कराते तथा सातौं क्योकुशिन(कान कराते प्रतियोगितामा तौल समुहमा पुरुषतर्फ गण्डकी प्रदेशका मोशस कुमाल र महिला तर्फ बाग्मती प्रदेशकी बिनिता घर्तिमगर च्याम्पियन बनेका छन् ।
पुरुष खुल्ला तौल समुहको फाईनल खेलमा मोशेस कुमालले मधेश प्रदेशका सबिन वाईबालाई पराजित गर्दै च्याम्पियन बने । गण्डकीका अनिश बि।क र मधेश प्रदेशका एलेक्स थापा मगर तृतीय भए । महिला खुल्ला तर्फ बाग्मतीकि बिनिता घर्तिमगरले मधेश प्रदेशकी भवानी बुढाथोकीलाई पराजित गरेकी हुन् । गण्डकी प्रदेशकी प्रिन्स्मा नेपाली र समृद्धि तिमिल्सेनाले तृतीयमा चित्त बुझाए । पुरुष ४० के।जी तर्फ गण्डर्की देशका प्रतिक घले प्रथम, मधेश प्रदेशका कुन्दन साह द्धितीय र मधेश प्रदेशका रायन नेपाली तथा गण्डकी प्रदेशका सियोन थापा तृतीय भए ।

पुरुष ४५ के।जी तर्फ मधेश प्रदेशका समीर भुजेल प्रथम, गण्डकी प्रदेशका सचिन सुनार, गण्डकी प्रदेशका कृपासन थपलिया र सयम कुमाल तृतीय भएका थिए । ँ५० केजी तौल समूहमा गण्डकी प्रदेशका रविन गौतम प्रथम भए । कोशी प्रदेशका मोहमद अर्मान साफी दोस्रो र गण्डकी प्रदेश र मधेश प्रदेशका कुशल तिवारी र वाङजु दोर्जे मोक्तान तेस्रो भएका थिए ।पुरुष ५५ के।जी तर्फ प्रथम –मोहमद अफ्ताव खान ( कोशी प्रदेश), द्धितीय –लिला बहादुर बि।क (गण्डकी प्रदेश), तृतीय – बसन्त बि।क ( गण्डकी प्रदेश तृतीय – साजन नेपाली (लुम्बिनी प्रदेशं हुन सफल भए । त्यसैगरी महिला ४० के।जी तौल समुह तर्फ प्रथम –अनुष्का बिक( गण्डकी प्रदेशं) द्धितीय –आकाङ्क्षा नेपाली (गण्डकी प्रदेश), तृतीय – हुमी बुढा मगर ( गण्डकी प्रदेश) र तृतीय – स्वस्ती गौतम (गण्डकी प्रदेश ं भएका छन् ।महिला ४५ के।जी तौल समुह तर्फ प्रथम –ध्वज कुमारी नेपाली (गण्डकी प्रदेश) , द्धितीय –तृप्ती चापागाई (गण्डकी प्रदेश) तृतीयमा काजल कुमारी शाह ( सुदुर पश्चिम प्रदेश) र रेखा चौधरी(मधेश प्रदेशं) हुन सफल भए । त्यस्तै महिला ५० के।जी तौल समुह तर्फ प्रथम –करुणा गुरुङ( गण्डकी प्रदेश), द्धितीय –एन्जल यादव (गण्डकी प्रदेश) तृतीयमा अनिता स्याङ्बो लामा ( सुदुर पश्चिम प्रदेश) र ललिता छन्त्याल( गण्डकी प्रदेश) रहे ।

प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास ,युवा तथा खेलकुद मन्त्रि माननीय बिन्दु कुमार थापाले उदघाटन गर्दै पर्यटन र खेलकुदको विकासमा गण्डकी प्रदेश सरकारका तर्फबाट पुर्ण सहयोग रहने र ऐतिहासिक धार्मिक स्थलमा यस प्रकारका साहसिक प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्धन र खेलकुदको विकासमा टेवा पुग्ने विस्वास ब्यक्त गरे ।
प्रतियोगितामा सात प्रदेशका १५० जना खेलाडीहरुले विभिन्न ९ तौल समुहमा ३६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष तर्फ सियोन थापा मगर बाग्मती प्रदेश र महिला तर्फ हुमी बुढा मगर गण्डकी प्रदेश घोषित भए । कार्यक्रममा करातेका प्रमुख प्रशिक्षक तथा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार , करातेका ब्राञ्च चिफ तथा लालबन्दी नगर खेलकुद विकास समितिका सदस्य भीम प्रसाद काफ्ले,सिनियर खेलाडी तथा प्रशिक्षक दान बहादुर क्षत्री , पुर्व राष्ट्रिय खेलाडी तथा विशेष सहयोगी नरेश बहादुर जि।सी, करातेका केन्द्रिय डोजो प्रशिक्षक तथा नेपाल फुल कन्ट्याक्ट कराते महासंघका केन्द्रिय उपाध्यक्ष धन बहादुर तामाङ लगायतलार्इ खेलकुदको विकासमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…