
पोखरा- पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेलमा कास्कीले लेखनाथ माथि सानदार जित हासिल गरेको हो । कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुली नायक बने ।
३५० रनको विशाल विजयी लक्ष्य पाएको लेखनाथलाई २७.४ ओभरमा अलआउट गर्दै कास्कीले आफ्नो विजयी सुरुवात गरेको हो । लेखनाथले ७६ रन मात्रै जोड्न सफल रह्यो । लेखनाथका लागि प्रताप थापाले १७, देवनारायण यादवले १० तथा साहिल जैसवालले ९ रन बनाए ।
कास्कीका लागि विश्वास पराजुलीले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै रोहित चन्द र अर्जुन कुमालले १÷१ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कास्कीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रन बनायो । कास्कीका लागि सोहिल कुँवरले शतकीय पारी खेले । उनले ९५ बलमा ११० रन बनाए । सहबुद्धिन अन्सारीले अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५० रन बनाए भने रोहित चन्दले पनि अर्धशतक पुरा गरे । उनले २८ बलमा ५० रन बनाए ।
लेखनाथका लागि सुवाष बास्तोलाले १० ओभरमा ७५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कृपेश पौडेलले २ तथा सज्जन क्षेत्रीले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच कास्कीका सोहिल कुँवर घोषित भए । जिल्ला स्तरीय प्रतियोगिताबाट विजेता क्लबले प्रदेशस्तरीय एक दिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ । जारी प्रतियोगिता प्रधानमन्त्री राष्ट्रिय पुरुष एक दिवसीय प्रतियोगिताको जिल्ला छनोट समेत रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…