आजदेखि आर्दश कप, कास्की र नेपाल प्रहरी बीच उदघाटन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०८२ मा प्रकाशित


पोखरा-भण्डारढीक खेल मैदानमा आजदेखि छब्बीसौं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । आदर्श क्लबको आयोजना तथा फष्ट च्वाईस फुड्स प्रालिको मुख्य प्रायोजन तथा आदर्श हार्डवयर एवं छत्रधर आत्रेयको सह प्रायोजनमा हुने प्रतियोगिताको उदघाटन कास्की ११ ले नेपाल प्रहरीको गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । कास्की ११ साविक विजेता समेत हो ।

प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको मुख्यालयको टोली प्रतिस्पर्धा गर्ने छ । राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै आएको क्लबले पछिल्लो समय प्रदेशस्तरीयमा खस्किएको छ । पुरस्कार राशी बृद्धि गरेपनि प्रतियोगिताको स्तरभने खस्कने क्रममा छ ।

प्रतियोगितालाई फष्ट च्वाईस फुड्स लिमिटेडले प्रायोजन गरेको छ । क्लबका कोषाध्यष एवं आर्थिक संयोजक विष्णु हमाल र मुख्यप्रायोजक फुड्स लिमिटेडका प्रमुख कृष्ण पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि लिमिटेडका प्रमुख पौडेलले आगामी वर्षदेखि आदर्श कप फुटबल प्रतियोगितालाई सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गरे ।

निरन्तरतामा हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकासमा हाम्रो दृढता भन्ने नारासहित शुरु हुने प्रतियोगिताको विजेतालाई नगद ४ लाख ९९ हजार ९९९ रुपैयाँ प्रदान गरिने छ । उपविजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष एवं संयोजक पदम गुरुङले जानकारी दिए । सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार, विधागत तर्फ १५ हजार र म्यान अफ दि म्याच बन्न सफल खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।