
पोखरा-आयोजक आदर्श क्लबको यात्रा पहिलो खेलबाटै टुगिदा वालिङको होराईजन क्लब भने अन्तिम चारमा प्रवेश गरेको छ । २६ औं आदर्श कप अन्तर्गत शनिबार भण्डारढीक खेल मैदानमामा भएको प्रतिस्पर्धामा होराईजनले आयोजको चुनौतिलाई १–० गोलले पन्छायो ।
होराइजनका विश्व थापाको गोल निर्णायक बन्यो । उनले खेलको ८१ औ मिनेटमा गरेको गोलले होराईजनलाई अन्तिम चारमा प्रवेश पर्याप्त बन्यो । आयोजक भने निराश बन्न पुग्यो । विश्व थापा म्यान अफ द म्याच बन्न सफल भए ।
आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा आइतवार पर्वतको गन्नी एफ सी र तनहु जिल्ला फुटबल संघका टीमविच खेल हुने वताइएको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…