
पोखरा-शनिबारदेखि पोखरामा यु १९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुदै छ । प्रतियोगिताको पूर्वसन्ध्यामा तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले उल्लेख गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहने छ । श्रीलंका, पाकिस्तान र माल्दिभ्सको टोली भने अनुपस्थिति रहने एन्फाले जनाएको छ ।
एन्फामा सिईयो इन्द्रमान तुलाधरले प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले पोखरा रंगशाला फुटबल मैदानमा शुरु हुने प्रतियोगितामा चारदेशका टिम प्रशिक्षक र कप्तानसँग भोलि शुक्रबार अन्तिम पत्रकार सम्मेलन गरिने जनाए ।
प्रतियोगिताको लागि आवश्यक भौतिक पूर्वाधार अन्तिम तयारीमा छ । मैदान मर्मत सम्भार भईसकेको छ । दुईदिनभित्र मैदान पूर्ण रुपमा तयारी हुने छ । प्रशिक्षणको लागि पोखरा १९ लामाचौरस्थित गोस्ते खेल मैदानलाई तयार गरिएको छ ।
खेलाडी चेन्जिङ रुम, प्लयेर बक्स लगायतका पूर्वाधार तयार पारिएको छ । कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका खेलकुद विकास समिति मार्फत मैदान मर्मत सम्भार, प्लयेर बक्स र चेन्जिङ तथा ड्रेसिङ रुम तयार गरिएको छ । प्रदेश फुटबल संघले प्रतियोगिता मैदान मर्मत सम्भार गर्दै आएको छ ।
प्रतियोगिताको लागि एन्फा दुई करोड ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । साफमा महासचिव पुरुषोत्तम कट्टेलले आगामी दुई वर्षपछि पोखरामै साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने योजना रहेको सुनाए । आवश्यक पूर्वाधार तयार भएको अवस्थामा पोखरामा आयोजना गर्न सकिने विश्वास उनको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…