
पोखरा-कमजोर भुटानमाथि एकपक्षीय नजिता निकाल्दै बंगलादेशले साफ यु १९ च्याम्पियनसिपमा विजयी शुरुवात गर्दा नेपाल भने इण्डियासँग पराजित भएको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धामा बंगलादेशले भुटानमाथि १२—० गोल अन्तरले पराजित गर्यो । इण्डियाले नेपाललाई भने १—० गोलले पराजित गर्दै तीन अंक जोड्यो ।
इण्डियाले गोलको खडेरी तोड्न ४९ मिनेट समय खर्चियो । पर्ल फर्नाण्डेजले गोल गर्दै इण्डियालाई जित दिलाउन पर्याप्त हुदाँ नेपालले पहिलो खेल गुमाउन पुग्यो । इण्डिया आफैंमा प्रतियोगिताको दाबेदारी टिम पनि हो । नेपालले इण्डियालाई पहिलो हाफसम्म गोलरहित बराबरी खेलेपनि दोस्रो हाफ भने केही कमजोर रह्यो ।
प्हिलो खेलमा बंगलादेशको जितमा तीन खेलाडीको ह्याट्रिक लेखियो । पहिलो गोल तेस्रो कर्नरमा सम्भव बन्यो । २८ औं मिनेटमा मामोनी चक्माले हानेको कर्नर बल सिधै सेकेण्डबारमा छिरेपछि बंगलादेशले अग्रता लियो ।
दोस्रो गोल सिमोती त्रिसना रानीले गर्दै अग्रता दोब्बर बन्यो । रानीले ४२ औं मिनेटमा गोल थपिन् । बंगलादेशको लागि अर्को गोल ४४ औं मिनेटमा सम्भव भयो । मोष्टमुन्की अख्तरले गोल गरेपछि बंगलादेश फराकिलो अग्रता तर्फ अग्रसर बन्यो । अख्तरले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल थपिन् । उनको गोलसँगै बंगलादेश पहिलो हाफ टुंगिदा ४ गोलको अग्रतामा रह्यो ।
त्रिसना रानीले खेलको ५४ औं र ५७ औं मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरिन् । उनको च्याम्पियनसिपको पहिलो ह्याट्रिक हो । खेलको ७३ औं मिनेटमा अल्पी अख्तरले व्यक्तिगत गोल गरिन् । ८१ औं मिनेटमा मोष्टमुन्की अख्तरले गोल गर्दै प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् । अल्पीले खेलको ८६ औं मिनेटमा अर्को गोल थपिन् । उनले पनि अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । उनले चौथो गोल थपिएको चौथो मिनेटमा गरेकी थिईन् । प्रतियोगिताको अन्तिम गोल भने अप्रिता विश्वास अप्रिताले अतिरिक्त समयमा गर्न सफल भईन् ।
बंगलादेशी प्रशिक्षक पिटरजेम्स बटलरले पोखराको मैदान फुटबलको लागि उपयुक्त नभएको प्रतिक्रिया दिए । उनले फुटबलको लागि पीच राम्रो नभएको बताए । इण्डियाका प्रशिक्षक पामेला कोन्टीले पनि मैदान राम्रो नभएको सुनाईन् । नेपालका प्रशिक्षक सुमन श्रेष्ठले प्रशिक्षण गरिरहेको बल भन्दा फरक बल भएकोले बलको असर रहेको बताए ।
अखिल नेपाल फुटबल संघको व्यवस्थापन र कास्की जिल्ला फुटबल संघका स्थानीय समन्वयमा आयोजित च्याम्पियनसिपमा नेपाल, इण्डिया, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…