
धन बस्नेत/पोखरा-
आहा रारा गोल्डकपले २५ वर्ष पुरा गरेको छ । २५ वर्ष पुरा गरेको अवसरमा सहारा क्लबले प्रतिष्ठित गोल्डकपलाई अझ भब्य बनाउने योजना बनाएको छ । योजना अन्तर्गत क्लबले २५ आंैं आहा रारा पोखरा गोल्डकपलाई गोधुली साँझमा कृत्रिम बत्तीमा खेलाउने निर्णय गरेको छ । यो निर्णयले पोखराको फुटबल इतिहासमा नयाँ आयाम थपिने विश्वास क्लबले लिएको छ । २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको क्लबको गोल्डकपको यात्रा झण्डै तीनदशक देखि निरन्तरता छ । प्रायोजकले पनि क्लबलाई गोल्डकप आयोजना गर्ने प्रेरित गर्दै प्रायोजनलाई अझ बलियो बनाउँदै लगेको छ ।
फ्लड लाईटमा खेल
२५ औं संस्करणसम्म आईपुग्दा क्लबले पुरस्कार राशी बढाउँदै प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोचक बनाउने अभियानमा छ । पोखरेली दर्शकले रात्रीकालिन फुटबलको मजा लिने अवसर पाउने छन् । जुन पोखराको खेलकुद इतिहासमै पहिलो हुने छ । “३५ फिटको उचाईमा फ्लड लाईट राख्ने छौं । लाईटले मैदानलाई मात्रै उज्यालो बनाउने छ ।” सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।
“उदघाटन खेल नै बत्तीमा खेलाउने योजना छ । योजना अनुसार प्राविधिकले बत्ती जडान गर्ने छन् । जडान भ्याइएको अवस्था प्रतियोगिता रातीमा खेलाउने क्लबको लक्ष्य छ ।” उनको भनाई थियो । बत्ती जडानको लागि क्लबले कोशी फुलबारी क्रिकेट क्लबका अध्यक्ष शिवकुमार यादवसँग सम्झौता भईसकेको जनाएको छ । सम्झौता अनुसार फुटबल मैदानको चार दिशामा बत्ती जडान गरिने छ । एउटा पोलामा १६ वटासम्म बत्ती जडान गरिने छ । बत्ती जडान गर्ने क्लबले २० लाख खर्च हुने अनुमान गरेको छ ।
टिम तय
यही माघ २७ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा गोल्डकप शुरु हुदैै छ । गोल्डकपमा सहभागि टोली तय भईसकेका छन् । पोखराको यो गोल्डकपमा गर्विलो इतिहास लेखेको भाग्यमानी नेपाल पुलिस क्लब, दर्शकले औधी रुचाएको मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाईज युनाईटेड, थण्डरबोल्ड नर्थ युनाईटेड सिक्किम, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्च ब्वाईज युनाईटेड, नेपाल एपीएफ क्लब, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, भारतको एक टिम र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्ने छ ।
उज्वेकिस्तानको टोली नयाँ हो । तर खेलाडी अघिल्लो वर्ष गोल्डकपमा सहभागि भएका खेलाडीलाई पोखराको मैदानमा उतार्ने क्लबलाई जानकारी दिएको पत्रकार सम्मेलनमा सुनाईयो । प्लानिङ ब्वाईज, गोर्खा इन्टरनेशनल गोल्डकपमा सहभागि नयाँ टोली हुन् । जावलाखेल लामो समयपछि पोखराको मैदानमा उत्रिने छ ।
पुरस्कार राशी बृद्धि
प्रतियोगितामा केही टिम नयाँ छन् । नयाँ र पुरानाक्लबले १४ लाख १ हजार नगद पुरस्कार राशीको उपाधिको लागि नकाउट फुटबल खेल्ने छन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छ । विजेतालाई दुई लाख रुपैयाँ बृद्धि गरिएको छ भने उपविजेताको हकमा एक लाख रुपैयाँ बढाइएको मुल आयोजक समितिका सदस्य सचिव गंगाराम पौडेलले जानकारी दिए । सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ विधा र प्रशिक्षक तथा प्लयेर अफ दि म्याचलाई समेत पुरस्कृत गरिने छ ।
प्रायोजन र सहयोग
माघ अन्तिमसातादेखि फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा महानगरपालिका संरक्षक, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्टे«लियाको विशेष सहयोग रहेको छ ।
क्लबले पोखरा रंगशालाको मैदान वर्षेनी मर्मत सम्भार गर्दै आएको छ । अहिले साफ यु १९ महिला च्याम्पियनसिप आयोजना हुदाँ मैदान मर्मत सम्भारको लागि सहारा क्लबले जिल्ला खेलकुद विकास समिति कास्कीसँग सहकार्य गरेको छ ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…