
पोखरा-कृत्रिम बत्तीमा खेलिएको पहिलो खेलमा सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङको चुनौतिलाई इन्जुरी समयमा पन्छाउँदै क्र्वाटरफाईनल यात्रा तय गरेको छ । आफनो पच्चीसौं संस्करणको आहारारा पोखरा गोल्डकपको उदघाटनमा पाहुना टोलीलाई कमजोर लाईटमा सहाराले १—० गोल अन्तरले पराजित गर्दै सुखद नजिता निकाल्यो ।
पहिलो हाफ सहारालाई निकै चुकचुकाउने परिस्थिति बन्यो । एकपछि अर्को प्रहार क्रसबारमा लागेर फर्किनु र गोललाईनबाट क्लियर हुदाँ अग्रताबाट चुकिरह्यो । पोखराको फुटबल इतिहासमै पहिलो पटक बत्तीको सहारामा खेलिएको खेलमा उत्साहित र तारिफ गर्ने अवस्था थिएन् ।
सहाराले खेलको १५ औं मिनेटमा अग्रता लिने अवसर गुम्यो । विशाल घलानको प्रहारलाई गोर्खाका गोलकिपरले डाईभिङ सेभ गर्दै टिमको हौसला बढाए । खेलको ३० औं मिनेटमा विक्की चामलिङ राईको प्रहार क्रसबारमा लागेर गोललाईनबाट रिवाउण्ड हुन पुग्यो । प्रशन्न श्रेष्ठको पासमा राईको प्रहार रिवाउण्ड भएपछि स्पष्ट अग्रता लिनबाट सहारा फेरी चुक्यो ।

३५ औं मिनेटमा पनि सहाराका लागि विक्कीले प्रहार गरेको बललाई बलजीतले गोललाईनबाट क्लियर गरे । एकपछि अर्को प्रहारले सहाराको गोलको खडेरी तोडिनै सकेन् । दोस्रो हाफमा पनि सहाराले गोल निकाल्न निकै कोशिस गर्यो । तर सफलताबाट निकै टाढा हुदैं गएको थियो, चारमिनेट थपियो ।त्यही थपिएको समयमा प्रशन्न श्रेष्ठले गोल गर्दै सहाराको जित पक्का बनाए । उनी प्लयेर अफ दि म्याचको हकदार बने ।
सहारा क्लबको आयोजनामा मंगलबारदेखि शुरु भएको आहा रारा पोखरा गोल्डकपको उदघाटन समारोहमा वर्ष खेलाडीबाट नेपाली महिला टोलीकी सदस्य प्रिति राईलाई सम्मान गर्यो । गोल्डकप आयोजना गरेको पच्चीसौं वर्षको अवसरमा क्लबले विभिन्न पच्चीस जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको थियो ।
हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उदघाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए । उनले पोखरामा पोखरासँग भगिनी जोडिएको शहरहरु बीच फुटबल प्रतियोगिता गर्ने योजना रहेको सुनाए । विजेता क्लबले १४ लाख रुपैयाँसहित ट्रफी पाउँदा उपविजेताले ७ लाख रुपैयाँ पाउने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…