
पोखरा-उही मैदान । पुरानै प्रतिस्पर्धी । बाजी पनि एउटै टोलीको । हो बुधबार पोखरा रंगशालामा आयोजित २५ औं संस्करणको आहारारा पोखरा गोल्डकपमा जावलाखेल युथ र मछिन्द्र फुटबल क्लब भिड्दै थिए । नजिता दुईवर्ष अघि जस्तै निस्कियो । जावलाखेल युथ क्लबले दुईवर्ष अघिको जस्तै नजिता आफनो पक्षमा राख्यो । गोल अन्तर मात्रै फरक रह्यो । दुई वर्ष अघि र अहिलेको जितमा नायक विदेशी खेलाडी बने ।
२५ औं संस्करणको आहारारा पोखरा गोल्डकपको बुधबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जावलाखेल युथ क्लबले मछिन्द्रको चुनौतिलाई २—०ले पन्छायो । दुवै गोल दोस्रो हाफमा सम्भव बन्यो । पहिलो हाफ गोलरहित टुंगियो । यद्यपी मछिन्द्रमाथि जावलाखेलले भने दबाव बनाईराख्यो । दुई वर्षअघि भने जावलाखेलको नतिजा १—० को जित थियो । जावलाखेल १० औं संस्करणको आहा गोल्डकपको फाइनलिष्ट टोली समेत हो ।
खेलको ४७ औं मिनेटमा जावलाखेल युथका युवराज ढकालको प्रहार बचाउ हुन पुग्यो । ५४ औं मिनेटमा मछिन्द्रको डिफेन्सको अक्षम्य गल्तीमा जावलाखेलले अग्रता बनायो । डिफेन्स सविन घिमिरेले क्लियर गर्न नसकेको बललाई खोस्दै जावलाखेलका विदेशी खेलाडी निकोलसले दुई डिफेन्स विट गर्दै गोल गरेपछि अग्रता लियो ।
खेलको ६६ औं मिनेटमा उनकै पासमा अर्का विदेशी खेलाडी बोउबाकरले ६ यार्डबक्स भित्रबाट हानेको प्रहार पोष्टभित्र छिरेपछि जावलाखेलले अग्रता दोब्बर बनायो । दुई विदेशी खेलाडीको गोलमा जावलाखेलले जितको नजिता आफनो पक्षमा पार्दा निकोलस भने प्लयेर अफ दि म्याचको हकदार बने ।
बुधबार आयोजक सहारा क्लबले खेल उज्यालोमै शुरु गर्यो । अघिल्लो दिन उदघाटन खेल बत्तीमा खेलाउँदा केही असहजबनेपछि खेल सञ्चालन केही समय अघि सार्न बाध्य बन्यो । हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिहीबारको खेल विभागीय टोली नेपाल एपीएफ क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…