
पोखरा-पहिलो सहभागिता, उत्कृष्ट प्रदर्शन । प्लानिङ ब्वाईजले फ्रेण्ड्स क्लबलाई ४—० गोलले पराजित गर्दै आहारारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गर्यो । पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा पहिलो सहभागिता उत्कृष्ट बनाउने क्रममा फ्रेण्ड्सको चुनौति सजिलै पन्छायो । ९० मिनेटमा खेलमा विदेशी खेलाडीले ह्याट्रिक पुरा गरे । जुन प्रतियोगिताको पहिलो ह्याट्रिक हो ।
फ्रेण्ड्स क्लबको दुर्भाग्य २४ औं मिनेट बन्न पुग्यो । पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई प्लानिङका विदेशी खेलाडी एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै प्लानिङले फ्रेण्ड्सलाई २—०ले अगाडि रह्यो । दुई गोलको अग्रतासँगै पहिलो हाफ सकियो । इन्जुरी समयमा साहिल केसीले दिएको उत्कृष्ठ पासलाई पापा आईबीयु केबेले उस्तै उत्कृष्ठ भली हिर्काउँदै गोल गरे ।
दोस्रो हाफमा पनि प्लानिङले उत्कृष्ठ प्रदर्शनलाई दोहोर्यायो । खेलको ५४ औं मिनेटमा केबेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्डसमाथि दबावसँगै अन्तर फराकिले बनाए । उनै केबेले ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । प्रतियोगिताकै पहिलो ह्याट्रिक पुरा गरेका केबे प्लेयर अफ दि म्याच घोषित भए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको पच्चीसौं संस्करणको आहा रारा गोल्डकपको शनिबार पहिलो क्वार्टरफाईनलमा सहाराले नेपाल पुलिस क्लबसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…