
ब्याडमिन्टन
पोखरा-पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को फाइनल खेल हुदैं छ । प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू सहित समापन हुने भएको प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले बताए ।
यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचन लगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नु भएको उहाँले जनाउनु भयो । आइतबार फाइनल खेलहरु सहित समापन हुने भएको फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए ।
पोखरा–१०, हस्पिटलचोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा सञ्चालन भइरहेको प्रतियोगितामा यू–११, यू–१३, यू–१७ र यू–१९ छात्र तथा छात्रा गरी चार मुख्य इभेन्टमा प्रतिस्पर्धा गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…