
पोखरा/जिल्ला एथलेटिक्स संघको आयोजनामा आजदेखि दुई दिने राष्ट्रिय एथलेटिक्स रफ्री लाइसेन्स रिफ्रेसर तालिम शुरु भएको छ।
तालिममा गण्डकी प्रदेश र जुम्लाको एक जनासहित ७० जनाको सहभागिता रहेको छ। नयाँ ४० र रिफ्रेसरका ३० जना सहभागी छन्। तालिमको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले उदघाटन गरेका थिए। तालिमलाइ सिध्दान्त अधिकारी तथा गजबहादुर गुरुङले सहजिकरण गर्ने छन्।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…