
पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा खेलकुद प्रशिक्षक र खेल संघका पदाधिकारीले गुनासोको पोका फुकाएका छन् । उनीहरुले केही खेलको पूर्वाधारको समस्या केही खेल सामाग्रीले नियमित प्रशिक्षण गराउन नसकिएको गुनासो एकैसाथ गरे ।
सहभागी खेलाडी तथा प्रशिक्षकहरूले खेल क्षेत्रभित्र देखिएका विविध समस्या, चुनौती तथा विकृतिहरूबारे खुलाएका थिए । खेल पूर्वाधारको अभाव, अवसरको असमानता, व्यवस्थापनमा कमजोरी, प्रशिक्षण सामाग्री अभावले हुने असर लगाएका विषयमा बुदाँगत रुपमा उल्लेख गरे ।
खेलाडी तथा प्रशिक्षकले गरेको गुनासोलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफनो गुनासो पुस्तकमा लिपिबद्ध गर्यो । गुनासोलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गर्यो । रास्वपाको खेलकुद विभाग गण्डकी प्रदेश प्रमुख कास्की जिल्लाका खेलकुद प्रशिक्षक तथा संघका पदाधिकारीसँग छलफल गरेको थियो ।
विभागका प्रमुख समिर लामिछानेले उठाइएका समस्याहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गर्दै छिटो र प्रभावकारी समाधानको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले खेल क्षेत्रको समग्र विकासका लागि युवा तथा खेलकुद विभाग सधैं सक्रिय रहने पनि बताए । ा


पोखरा-फिफा फुटबल फर स्कुलको लागि कास्की जिल्ला फुटबल संघले कास्कीका विभिन्न १५ विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ । फिफाबाट प्राप्त बललाई संघले शुुक्रबार विशेष कार्यक्रम गरी छनोटमा परेका १५ विद्यालयलाई बल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…