
पोखरा-पोखरामा आगामी शनिबार रात्रीकालिन सडक दौड हुदैं छ । पोखराको बजारमा पोखरा पहिलो पटक पोखरा नाईट स्ट्रिट रन हुने छ । यसै वर्ष नेपालगन्जमा रात्रीकालिन दौड आयोजना गरिएको थियो ।
दौडका संयोजक दीननाथ बरालका अनुसार सडक दौड ५ किलोमिटरको हुने छ । यद्यपी दुरी झण्डै ७ किलोमिटरको हुने अनुमान गरिएको छ । पोखराका लेकसाईडस्थित सेन्टरप्वाईन्टबाट हल्लनचोक हुदैं जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोकबाट उक्लिएर न्युरोडबाट विपिचोक हुदैं महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर टुंगिने छ ।
पोखरा होटल संघले फेवा नव वर्षको आयोजना गर्दै छ । त्यसको पूर्वसन्ध्यामा रात्रीकालिन दौड आयोजनाले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास पर्यटन व्यवसायीले लिएका छन् । जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने नारासहित आयोजित दौडमा चार इभेण्ट समावेश गरिएको संयोजक बरालले जनाए । उनका अनुसार पुरुष खुला, महिला, विदेशी र यु १६ मा प्रतिस्पर्धा गराईने छ ।
पुरुष खुला तर्फ विजेताले नगद १५ हजार १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यसैगरी महिला, विदेशी र यु १६( बाह्रदेखि सोह्र वर्षसम्म)विजेताले सात हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट बीस धावकलाई फिष्टेल ड्रिम पार्कको तर्फबाट एक हजार बराबरको प्रवेश टिकट उपलब्ध गराउने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोगी भूमिका खेलेका छन् ।


पोखरा-फिफा फुटबल फर स्कुलको लागि कास्की जिल्ला फुटबल संघले कास्कीका विभिन्न १५ विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ । फिफाबाट प्राप्त बललाई संघले शुुक्रबार विशेष कार्यक्रम गरी छनोटमा परेका १५ विद्यालयलाई बल हस्तान्तरण गरिएको हो । फिफा फुटबल फर…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…