
पोखरा-पोखरामा दुईदिनपछि आयोजना हुने दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा सहभागि खेलाडीहरु पोखरा आउने क्रम शुरु भएको छ । एथलेटिक्स मिटकै अवसरमा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापन र नेपाल एथलेटिक्स संघको आयोजनामा शनिबार र आईतबार चौथो यु २० एथलेटिक्स च्याम्पियनसिप हुदैं छ ।
यु २० एथलेटिक्स च्याम्पियनसिपमा विभिन्न २४ विधामा प्रतिस्पर्धा हुने छ । पोखरा ओपनमा भने ३० विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला एथलेटिक्स संघका सचिव एवं प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । उनका अनुसार दुई वटा छुट्टाछुट्टै प्रतिस्पर्धामा झण्डै पाँचसय भन्दा बढी खेलाडी तथा अफिसियलको उपस्थितिले पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।
ट्रयाक एण्ड फिल्डमा हुने प्रतिस्पर्धाको लागि सातै प्रदेशका खेलाडीहरु पोखरा आउने क्रममा छन् । पोखरा ओपनमा तीन विभागीय क्लबसहित सातै प्रदेशका खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । दोस्रो संस्करणमा संघले ज्याभलिन थ्रो र स्टिपल चेजलाई समावेश गरेको छ । पहिलो संस्करणमा दुई इभेण्ट थपिएको थिएन् ।
पोखरा ओपन विजेताले नगद ५ हजार, ३ हजार दुई हजार रुपैयाँ प्राप्त गर्ने छन् । यु २० च्याम्पियनसिप विजेताले नगद ३ हजार, दुई हजार र एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितालाई रेडबुल, सफल दूध(सुजल डेरीको उत्पादन), सगरमाथा लुम्बिनी इन्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, सोल्टी पानी, योर्स टे«निङ सेन्टर, गेट्स टे«निङ सेन्टर र कफी दि हिमालयजले सहयोगी भूमिका खेलेका छन् । संघका अध्यक्ष गजबहादुर गुरुङले प्रतियोगिताले एथलेटिक्स खेलाडीको विकास र विस्तार एवं उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…