
पोखरा-शनिबारदेखि शुरु भएको यु २० एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ सय मिटर दौडमा गण्डकीका नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण पदक जितेका हुन् ।
नारायणी भण्डारीले १५ मिटर दौड ५ मिनेट १० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितिन् । त्यस्तै बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डको समय लगाउँदै रजत र लुम्बिनी प्रदेशकी गुञ्ज यादवले ५ मिनेट २७. ९१ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् ।
नेपाल एथलेटिक्स संघको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापमा आयोजित प्रतियोगितामा पुरुष तर्फको १५ सय मिटरमा बादल कार्कीले स्वर्ण पदक जित्न ४ मिनेट ०९.३५ सेकेण्डको समय लगाएका थिए । त्यस्तै बागमती प्रदेशका हस्त सुनारले ४ मिनेट ०९.८२ सेकेण्डको समय लगाउँद्यै रजत पदक र लुम्बिीन प्रदेशका नरेन्द्र दानीले ४ मिनेट १४.०३ सेकेण्डको समय लगाउँदा कास्य पदकमा खुम्चिए ।
शानिबार नै दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा केही खेल खेलाईने छ ।

एथलेटिक्स च्याम्पियनसिपमा विभिन्न २४ विधामा प्रतिस्पर्धा गराइएको छ । पोखरा ओपनमा भने ३० विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला एथलेटिक्स संघका सचिव एवं प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ट्रयाक एण्ड फिल्डमा हुने प्रतिस्पर्धाको लागि सातै प्रदेशका खेलाडीहरु विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।
पोखरा ओपन विजेताले नगद ५ हजार, ३ हजार दुई हजार रुपैयाँ प्राप्त गर्ने छन् । यु २० च्याम्पियनसिप विजेताले नगद ३ हजार, दुई हजार र एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितालाई रेडबुल, सफल दूध(सुजल डेरीको उत्पादन), सगरमाथा लुम्बिनी इन्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, सोल्टी पानी, योर्स टे«निङ सेन्टर, गेट्स टे«निङ सेन्टर र कफी दि हिमालयजले सहयोगी भूमिका खेलेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…