
पोखरा-टाईगर ग्रुफ पोखरा नेपालले छैटौं एनसेल टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको आय व्यय सार्वजनिक गर्दै २२ लाख ६५ हजार रुपैयाँ बचत गरेको छ ।
गत माघ ९देखि १९ गतेसम्म पोखरा रगशाला भलिबल कोर्टमा आयोजित प्रतियोगितामा एनसेलले मुख्य प्रायोजन गरेको थियो । टाईगर ग्रुपले सार्वजनिक गरेको आयव्यय अनुसार १ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ । त्यस्तै एक करोड ३७ लाख रुपैयाँ खर्च भएको शनिबार सार्वजनिक गरिएको आयव्यय विवरणमा उल्लेख छ ।
ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले आम्दानी तर्फ सुश्री मिडिया प्रालिबाट ३० लाख प्रदेश खेलकुद परिषद मार्फत १० लाख, पोखरा महानगरपालिकाबाट १० लाख, टिम प्रवेश शुल्क मार्फत १ लाख ३५ हजार, प्रवेश शुल्कबाट ५९ लाख रुपैयाँ तथा विभिन्न संघसंस्था स्वदेशी तथा विदेशबाट ४८ लाख ४३ हजार रुपैयाँ जानकारी गराए ।
खर्च तर्फ नेपाली टिम र विदेशी टिमको यातायात खर्च ४४ लाख ५७ हजार रुपैयाँ देखाइएको छ । पुरस्कार तथा प्रोत्साहन तर्फ २६ लाख ७३ हजार, अस्थायी प्यारापिट मञ्च एवं साउण्ड सिष्टमको लागि १९ लाख, जुरी तथा रेफ्रीले १० लाख रुपैयाँ खर्च भएको ग्रुपका अध्यक्ष शर्माले सुनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…