
पोखरा-दुईदिन पोखरा रंगशाला भलिबल कोर्टमा फेवा किङ्स कप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुदैै छ ।
युनाईटेड किङ्स क्लब पोखराको आयोजनामा यही मंिसर ९ गतेदेखि भलिबल कोर्टमा आमन्त्रित भलिबल प्रतियोगिता हुने छ । प्रतियोगिताको लागि आवश्यक तयारी पुरा भईसकेको आयोजकले जनाएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै पुर्वसन्ध्यमा क्लबस्तरीय भलिबल प्रतियोगिताले भलिबल खेलको विकासमा नयाँ आयाम थपिने विश्वास लिईएको छ । क्लबका अध्यक्ष अशोक गुरुङका अनुसार प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र किङ्स क्लब पोखराले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।
विजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद दुई लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथोले सात्वना स्वरुप ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद बीस हजार, सर्भर, सेटर, ब्लकर, लिब्रो स्पाईकर र प्रशिक्षकलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ ।
मुख्य प्रायोजक, प्रायोजक तथा सह प्रायोजकबाट २१ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ । सरकारी निकायबाट १० लाख, टिकटबाट १५ लाख विशेष सहयोगीबाट १५ र मिडियाबाट १० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । कुल आम्दानी ७१ लाख देखिदाँ क्लबले ६०लाख ९५ हजार खर्च हुने अनुमान गरेको छ ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…